नेपाल वायुसेवा निगमको कतार र युएई उडान रद्ध

काठमाडौं : विदेशमा अलपत्र नेपाली नागरिकलाई उद्बारका लागि उडान भर्न लागिएको नेपाल वायुसेवा निगमको जहाज रोकिएको छ। कतार र युएईबाट नेपाली नागरिकको उद्बार गर्ने पट्ठर्वनिर्धारित समयानुसार उडान भर्न लागेको थियो। नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडका अनुसार विमानस्थलमा भित्र्याउन पिसिआर परीक्षण गर्नुपर्ने भएकोले...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि १२ एयरलाइन्स कम्पनीले चासो देखाए

बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।