पर्यटन प्रर्वद्धनका लागि पूर्व–पश्चिम साइकल यात्रा गर्दै मंगलकुमार लामा

६ चैत, काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमीकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जीएचटी अन व्हीलको आयोजनामा हुन लागेको यात्रामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । […]