काेराेना जाेखिममा पनि सांसद पाैडेल निर्वाचन क्षेत्रमा

नोबोल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला सांसद देवेन्द्र पौडेल निर्वाचन क्षेत्रमा पुगेका छन्। डाक्टर र जनतामा थप मनोबल बढाउने र आवश्यक सामग्री अभाव हुन नदिने उदेश्यले निर्वाचन क्षेत्रका स्वास्थ्यचौकी र पालिकाहरूमा पुगेर निरीक्षण गरेका हुन्।