निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
शुक्रवार सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।
‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयो...