अफगानिस्तान : मस्जिदमा भएकाे बम विस्फाेटमा कम्तीमा १६ जनाको ज्यान गयाे, ३२ घाइते

काठमाण्डौ – अफगानिस्तानकाे एक मस्जिदमा भएकाे बम विस्फाेटमा परेर १६ जनाको ज्यान गएको छ भने ३२ बढी घाइते भएका छन् । बीबीसीले जनाएअनुसार कान्दहारको इमान बरगाह मस्जिदमा बम विस्फोट भएको हो । शुक्रबार प्रार्थनामा सहभागी भएकाहरुलाई लक्षित गरि विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको कारण अहिले प्रष्ट नभए पनि आत्मघाती हमला हुनसक्ने बीबीसीले जनाएको छ । हमलामा परि घाइते भएका हरुलाई स्थानीय मिरवाइस अस्पताल लगिएको छ । अफगानिस्तानमा रहेका बीबीसी सम्वाददाता सिकन्दर किरमानीले स्लामिक स्टेट अन्तर्गतकै...

सम्बन्धित सामग्री

अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् । मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। भारतीय समाचार संस्था दैनिक भाष्करकाअनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो।घटनामा १ हजार २७६ जना घाइते भएका छन्। विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेला

अफगानिस्तान बम विस्फोटमा मर्नेको संख्या ९० पुग्यो

अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। विष्फोटमा १६० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। दुई ठूला विस्फोटका घटनामा १३ जना अमेरिकी सैनिकको मृत्यु भएको बिबिसीले जनाएको छ। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ।बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो

अफगानिस्तानमा शृंखलावद्ध बम विस्फोट : ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु

तालिबानको कब्जामा आएको अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका छन् । बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् । विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् । काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चे...

काबुल विमानस्थलमा भएको शक्तिशाली विस्फोटमा १३ अमेरिकी र अफगानीको ज्यान गुम्यो

काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बिहीबार बेलुकी भएका दुई भीषण बम विस्फोटमा कम्तीमा १३ अमेरिकी तथा अफगानीहरुको ज्यान जानुका साथ कयौँ घाइते भएका छन्। अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी दुई विस्फोटहरु आत्मघाती भएको तालिवानले दाबी गरेको छ। बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्। […]

काबुल हमलामा मर्नेको संख्या ९५ पुग्यो, १५८ घाइते

अफगानिस्तान । राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा ९५ को मृत्यु भएको छ । घटनामा १ सय ५८ घाइते भएका छन् । काबुलको...

अफगानिस्तान: काबुल शवयात्रामा बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलको एउटा शवयात्रामा बम आक्रमण गरिँदा कम्तीमा सात जना मारिएका छन् र अन्य कयौं घाइते भएका छन्।