अफगानिस्तानको राजधानी काबुलमा बिहीवार भएका शृंखलावद्ध बम विस्फोटमा आफ्ना ४ जना सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडन आक्रोशित भएका छन् ।
तालिबानको कब्जामा रहेको काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका हुन् ।
बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् ।
विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड ला...