नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजारजनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन...
कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए।...
काठमाडौं । काठमाडौं उपत्यकामै साहसिक साइकल ट्रेल निर्माण भएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा १५ किलोमिटर (किमी)को किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल बिहिवारदेखि सञ्चालनमा ल्याएको हो ।
बोर्डले संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगत किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा साहसिक साइकल ट्रेल निर्माण भएको हो । किर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडादेखि चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म रहेको छ ।
उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीवार उद्घाटन गरेका छन् । सो अवसरमा केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माणलाई थप टेवा दिएकोे बताए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले निरन्तर पहल गरिहको बताए ।
यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनुपर्नेमा उनले जोड दिए । चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए । सो अवसरमा किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधिले पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे ।
यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीका तर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । पर्यटन क्षेत्रका करिब ६ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।
सिमकोट । हुम्ला सदरमुकाम सिमकोट बजार महिनौं दुर्गन्धित बनेपछि सरसफाइ अभियान थालिएको छ । ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । शनिबारदेखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाइ अभियान सञ्चालन भएको हो । सिमकोट गाउँपालिकाको कार्यालय अगाडीदेखि बजारका मुख्य चोकको ढल तथा बजार सरसफाइ […]
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सृजना गर्न लागिएको हो । बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको उक्त कार्यक्रम अन्तर्गत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा रहेका पुल तथा पुलेसाको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भार लगायत काम गर्नुपर्नेछ । रासस
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला...
काठमाण्डाै – जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ ।
कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यस परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।
आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसाेसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानक...
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) परियोजना शुरु भएको छ । उक्त परियोजना अन्र्तगत पहिलो दिन आइतबार काठमाण्डौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा एक सय जना, चन्द्रागिरिको मातातीर्थमा एकसय जना र शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई एकसा
काठमाडौं । नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)सँगको सहकार्यमा १ हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी दिन लागेको हो ।
बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौता अनुसार करीब १ हजारभन्दा बढी पर्यटन श्रमिकले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडका कारण पर्यटन क्षेत्रका श्रमिक बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भए पनि श्रमिकलाई राहत दिने बताए । बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले यूएनडीपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सृजित बेरोजगारीको समस्या थोरै भए पनि समाधान गर्न मद्दत मिल्ने बताए ।
पर्यटन व्यवसाय बचाइराख्न र यस क्षेत्रका श्रमिकलाई टिकाउन पनि यो सानो प्रयासले ठूलो रोजगारी नभए पनि केही राहत दिने विश्वास उनले व्यक्त गरे । पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करीब ७० हजार म्याण्डेज (प्रतिदिनको काम) देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ । यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ । टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महŒवपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिलेको संकटमा त्यो क्षेत्रको श्रमिकलाई बचाइराख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राखे । बोर्डसँग संस्थागत सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाइने उनले बताए । रासस
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ