नेपालमा बालबालिकाका लागि पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केही अभिभावक आफ्ना बालबालिकालाई खोप लगाइदिने कि नलगाइदिने भन्ने दोधारमा छन् । किनभने नेपालमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन नहुँदै निजी स्वास्थ्य संस्थाबाट टाइफाइडविरुद्धको खोप लगाउँदै आएका अभिभावक अन्योलमा परेका हुन् ।सरकारले पहिलो पटक नियमित खोपको रुपमा टाइफाइडविरुद्धको खोप निःशुल्क दिँदै आएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले यसभन्दा अघि टाइफाइडविरुद्धको खोप लगाएका बालबालिकाले पनि यो खोप लगा