ब्याजदरका बारेमा केन्द्रीय बैंकद्वारा नयाँ व्यवस्था लागू

कात्तिक २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आइतवार पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ ।            केन्द्रीय बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई आइतवार थप परिष्कृत र व्यवस्थित गरेको बताएको छ । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महीना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेको थियो ।            जारी निर्देशनअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महीना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेपबाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने भएका छन् ।             यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरिएको छ ।            बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत विन्दुसम्म बढाउन सक्ने व्यवस्था भने खारेज गरेको छ ।            बोलकबोलका आधारमा सङ्कलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप सङ्कलन गर्नु पर्नेछ तर बैंक तथा वित्तीय संस्थासँग रहेको निक्षेपलाई पूनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा प्रकाशित ब्याजदरमा ०।१ प्रतिशत विन्दुसम्म मात्रै थप गरी निक्षेप सङ्कलन गर्न सकिनेछ । रासस

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरमा वृक्षरोपण

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरस्थित कृष्णपुरमा वृक्षरोपण गरेको छ । सो अवसरमा बैंकले करीब १५० ओटा कागतीका बिरुवा रोपेको हो । यस अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुगेको बैंकको भनाइ छ । अन्तरराष्ट्रिय वन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीय नगरवासी उपस्थित थिए ।  बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकमा भौतिक उपस्थिति विनै गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।

एनआइसी एसिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमाबापत एक करोड २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा गर्नेलाई २० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको नेपालगञ्ज शाखामा […]

एनआईसी बैंकद्वारा भिडियो केवाइसी सेवाको शुरूवात

एनआईसी एसिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवाको शुरूवात गरेको छ।

एनएमबि बैंकद्वारा महिलाले नेतृत्व गरेको शाखाको घोषणा

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।महिलालाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको बताइएको […]

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंकद्वारा माइती नेपालका दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा माइती नेपालका ५३ जना दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।...

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो ।बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति

ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर प्रदान गरेको छ ।अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरिएको हो