काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरस्थित कृष्णपुरमा वृक्षरोपण गरेको छ । सो अवसरमा बैंकले करीब १५० ओटा कागतीका बिरुवा रोपेको हो । यस अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुगेको बैंकको भनाइ छ । अन्तरराष्ट्रिय वन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीय नगरवासी उपस्थित थिए ।
बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकमा भौतिक उपस्थिति विनै गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।