राष्ट्र बैंकद्वारा निष्कासन भएका ४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ “घ” नेप्सेमा सूचीकृत

काठमाडौँ / नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भएका ४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ घ नेप्सेले सूचिकृत गरेको छ । पाँच बर्षे अवधिको १५ अर्ब

सम्बन्धित सामग्री

नेप्सेमा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा  निष्कासन गरिएकोे विकास ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’ रहेका छन् ।  यी सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ । २०८० भदौ ११ गतेदेखि असोज २६ गते सम्म गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।  यी ऋणपत्रको भुक्तानी मिति २०८६ भदौ ११ गतेदेखि २०८८ असोज २६ गतेसम्म तोकिएका छन् ।

सरकारको दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं ।  नेपाल सरकारका दुईओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन् । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएका हुन् । यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् ।  विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् । त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

नेप्सेमा सरकारको पाँचओटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल सरकारको पाँचओटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. ६० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन् । यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छन् ।  गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरू नेप्सेमा सूचीकृत भएका हुन् ।  यी ऋणपत्रको भुक्तानी मिति २०८४ वैशाख ८ देखि २०८६ असार २२ गतेसम्म तोकिएका छन् ।

नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा  निष्कासन गरिएको कुल रू. १५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८४ ‘झ’ नामक विकास ऋणपत्र चार वर्ष अवधिको लागि रू. ८ अर्ब बराबरको र २०८४ ‘ञ’ नामक विकास ऋणपत्र पाँच वर्ष अवधिको रू. ७ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।   राष्ट्र  बैंकले २०८४ ‘झ’ नामक विकास ऋणपत्र  वार्षिक ९ दशलमव ५० प्रतिशत ब्याजदरमा माघ १८ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ । त्यसैगरी २०८४ ‘ञ’  नामक विकास ऋणपत्रको वार्षिक ८ दशलमव ९८ प्रतिशत ब्याजदरमा माघ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ ।

नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

भदौ १९, काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रू. १५ अर्ब बराबरको विकास ऋणपत्र २०८३ ङ  नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।  उक्त ऋणपत्रमा लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशत ब्याज पाउनेछन् भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । गत असार २३ गते ऋणपत्र निष्कासन भएको थियो । यसको साँवा भुक्तानी २०८३ असार २३ गते रहेको छ ।

नेप्सेमा ५० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत

असार ३१ काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा बिहीवार रू. ५० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।   नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । २०८४ च, २०८३ ग नामको छवर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ  नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ ।  ती पाँच ओटै विकास ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुनेछ ।

१५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत

असार २,काठमाडौं ।  नेपाल राष्ट्र बैंकको रू. १५ अर्ब बराबरको विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।२०८३ घ नामको पाँच वर्षे  विकास ऋणपत्र धितोपत्र सुचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले बताएको छ ।  अर्धवार्षिक रुपमा ऋणपत्र खरीदकर्ताले ४ दशमलव ७९ प्रतिशतका दरले ब्याज पाउने छन् । विसं २०८३ जेठ १३ गते उक्त ऋणपत्र परिपक्व हुनेछ । दिर्घकालीन आन्तरिक ऋण उठाउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकले गत जेठ १३ गते उक्त ऋणपत्र निष्कासन गरेको थियो ।