आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

रसुवा – हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ। प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकैथलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन्। उत्तरी भेगको सदरमुकाम धुञ्चे तथा दक्षिणी भेगका लागि कालिका गापाको […]

सम्बन्धित सामग्री

आयुर्वेद उपचार सेवाप्रति आकर्षण बढ्दो

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेशस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयसहित सबै जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रतिवेदनले आयुर्वेदिक उपचार सेवाप्रति आकर्षण बढ्दै गएको देखाएको हो । दीर्घरोगी, ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचार पद्धतिलाई रुचाउने गरेको जनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०७९/८० मा छ हजार ७४४ जनाले सेवा लिएका छन् । तीन हजार ६३२ जनाले एकाङ्ग संवेदन, १४ जनाले सर्वाङ्ग संवेदन, १५६ जना शिरोधारा तथा अन्य र दुई हजार ९४२ जनाले अभयङ्ग सेवा लिएको चिकित्सालयका निमित्त सुपरिन्टेन्डेन्ट डा. सूर्य उपाध्यायले जानकारी दिनुभयो ।

बाँकेमा आयुर्वेद उपचारमा आकर्षण बढ्दै

बाँकेमा आयुर्वेदिक उपचार पद्धति र औषधिमा बिरामीको आकर्षण बढेको छ । औषधिले साइड इफेक्ट नगर्ने र उपचार पद्धति पनि सहज भएकाले आकर्षण बढेको हो । धेरै वर्षदेखि एलोपेथिक उपचार पद्धतिमा विश्वास गर्दै आएकी नेपालगन्ज उपमहानगर–६, फुल्टेकाकी सुमित्रा सुवेदीलाई थाइराइड, ग्यास्टिकले सताउन थालेपछि एलोपेथिक औषधिको प्रयोग गरिन् । तर, निको भएन ।

आयुर्वेदिक उपचारतर्फ आकर्षण

आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । औषधिको महìव र फाइदा बुझेपछि आयुर्वेदिक उपचार विधितर्फ बिरामीको आकर्षण बढेको हो । बाथले थला पर्दै आउनुभएकी सिमकोट गाउँपालिका–५ की लालकला बोहराले रोग निको भएपछि नियमित रूपमा आयुर्वेद शाखामा धाउन थालेको बताउँदै आधुनिक उपचारबाट निको नभएपछि आयुर्वेदिक उपचारमा लागेको बताउनुभयो । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवनले आफ्नो बाथ कम भएको बताउँदै अन्यलाई पनि यो उपचार पद्धतिमा लाग्न सुझाव दिनुभयो ।