आयुर्वेदिक उपचार पद्धतितर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । औषधिको महìव र फाइदा बुझेपछि आयुर्वेदिक उपचार विधितर्फ बिरामीको आकर्षण बढेको हो ।
बाथले थला पर्दै आउनुभएकी सिमकोट गाउँपालिका–५ की लालकला बोहराले रोग निको भएपछि नियमित रूपमा आयुर्वेद शाखामा धाउन थालेको बताउँदै आधुनिक उपचारबाट निको नभएपछि आयुर्वेदिक उपचारमा लागेको बताउनुभयो । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवनले आफ्नो बाथ कम भएको बताउँदै अन्यलाई पनि यो उपचार पद्धतिमा लाग्न सुझाव दिनुभयो ।