घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्याङ्क सही राख्नुपर्ने बताएका छन्।नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङ्क सर्वेक्षण गर्न सहज हुने भन्दै यस्तो आग्रह गरेका हुन्।गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघले गरेको कारोबारको वास्तविक तथ्याङ्क राख्दा घरजग्गा कारोबारम

सम्बन्धित सामग्री

संसारभरका आर्थिक संकटहरु घरजग्गाकै कारण आएका हुन् : गभर्नर अधिकारी

कात्तिक ४, काठमाडौ । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले संसारभर आर्थिक संकट आउनुमा घरजग्गाको भुमिका रहेको बताए । प्रस्तुत छ, नेपाल राष्ट्र बैंकले शुक्रवार आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश  :  हामीले धेरै क्षेत्रको घर जग्गाको मूल्य संकलन गरेर प्रतिवेदन सार्वजनिक गरेका छौं । कतिपय अवस्थामा राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य व्यवहारमा भने नभएको प्रश्नहरु पनि आउने गरेका छन् । गत हप्ता मात्रै यस्ता प्रश्नहरू आएका थिए । त्यसैले राष्ट्र बैंकको वेबसाइटमा सीपीआईका सीमाहरू, भारहरू, बजार केन्द्रहरूको संख्या, वस्तुहरूको संख्या प्रभावकारी रुपमा राखिएको छ । सर्वसाधारणलाई जानकारी गराउनका लागि बैंकले सम्पूर्ण विवरणहरू वेबसाइटमा समावेश गर्दै आएको छ । कुनै पनि वस्तुको मूल्य तलमाथि हुनसक्छ । समग्रमा सीपीआई त्यहीअनुसार तलमाथि नहुन सक्छ । कुनै पनि क्रमिक समयमा अध्ययन गरेर कसलाई कति दिने भन्ने कुरा तय भएको हुन्छ । यसैगरी नयाँ अध्ययन गरेर राष्ट्र बैंकले नयाँ मूल्य तथ्याङ्क सार्वजनिक गर्न शुरु गरेको छ । धेरै तथ्यांकहरु सार्वजनिक गरिरहेका हुन्छौं । तर, प्रतिवेदनहरू यसरी सार्वजनिक रुपमा सार्वजनिकीकरण गरेका थिएनौं। यसलाई किन यसरी गरियो भन्दा यो नयाँ शुरुवाती थियो । यसमा नयाँ भएको कारणले केही सिमितता रहेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य तथ्यांक कत्तिको मान्यता प्राप्त छ भन्ने पहिलो प्रश्न छ । सात ओटै प्रदेश, दुई–दुई जिल्ला र नगरपालिकाबाट तथ्यांक संकलन गरियो । जग्गाको मूल्य गाउँ, जिल्ला, सबै ठाउँहरूको मूल्याङ्कन कतिको मान्यता पाउँछ कुराहरू गरेका थियौं । बैंकले पहिलो पटक सार्वजनिक गरेको शुरुवाती भएको हुनाले सबै स्थानको मूल्य समावेश गर्न नसकेको हुनसक्छ । यो एउटा निकै ठूलो अवधारणा हो । यसमा टेकेर यसको प्रतिनिधित्व बढ्दै जानसक्छ । घरजग्गा कारोबारमा ठूलो अन्तर आएको देखिन्छ । त्यसमा बैंकले छलफल नगरेको होइन । घरजग्गा व्यवसायीहरूको संघ छ । घरजग्गा अपार्टमेन्टका कुराहरू आइरहेको छ । आर्थिक वर्ष २०७५/ ७६ मा एउटा अपार्टमेन्ट फ्लाट ७५ लाखसम्ममा पाउँथ्यो भने अहिले बढेर डेढ करोड पुगेको हुन सक्छ । एउटा कुनैपनि कोलोनीको घर विगतका दिनमा ७६ लाख रुपैयाँ मूल्य पर्ने आज अर्कै मूल्यमा पुगेको होला । यसलाई बैंकले मूल्यमा कब्जा गर्न सक्नुपथ्र्यो । बैंकले धितो राख्दा नै मूल्यांकन गरेको छ । बैंकले गरेको मूल्याङ्कन कोलोनी र अपार्टमेन्टहरूको मूल्य तथ्यांकमा आएको छ । घरजग्गा व्यवसायीकै संगठनहरूले आफ्ना तथ्यांक र सूचना सुरक्षित रुपमा राखेर यो प्रक्रियामा सहयोग गर्ने हो भने तथ्यांकको नजिकमा पुग्न सकिन्छ । अहिले हामीले निकै मिहेनत गरेर रिपोर्ट बनाएका छौं । त्यसमा केही सीमा छन् । मेरो अपेक्षा भोलिका दिनमा थप परिमार्जन गर्दै, यथार्थपरक बनाउने र सबैखाले घरजग्गा सम्बन्धी सूचनाहरू समावेश गर्दै जाने हो । संसारका आर्थिक संकटहरू घरजग्गाका कारण आएका छन् । सन् १९९० मा जापानको समस्या र सन् १९९७/ ९८ को दक्षिण एशियाको संकट पनि घरजग्गाकै कारण थियो । नेपालमा पनि सन् २००८ देखि २०१० को अप्ठ्यारो स्थितिमा घरजग्गा कारणले असर परिरहेको थियो । संसारका आर्थिक मन्दी आउनुअघि घरजग्गाको मूल्यमा असर परेको देख्न सकिन्छ । तर यस्तो अवस्थमा स्पष्ट तथ्याङ्क पहिले नै हुने हो भने कुन दिशामा गइरहेको छ भन्ने देख्न सकिन्छ । तथ्यांकका आधारमा नीति नियम बनाउनेले के–कस्ता हस्तक्षेप तथा स्टेपलाई समयमा लिने हो त्यसका लागि सहयोगी पनि बन्छ । यो पनि हेर्नुस् : घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : जग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

हरेक त्रैमासमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय  बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा मूल्य विवरण सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसको मापन गर्ने योजना बनेको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । हाल राष्ट्र बैंक

घरजग्गा मूल्य सूचकाङ्कले कारोबार नियमन गर्न सहयोग गर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारलाई नियमनको दायरामा ल्याउन घरजगामा मूल्य सर्वेक्षण सुरु गरिएको बताएका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले दुई वर्ष लगाएर तयार गरेको घरजग्गामा मूल्य सर्वक्षण सूचकाङ्क प्रतिवेदन सार्वजनिक गर्दै उनले यसले घरजग्गाको करोबार र मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने बताए । विश्वमा घरजग्गाको मूल्यवृद्धि उच्च भएकै कारण ठुलठुला...

२६ प्रतिशतले बढ्यो जग्गाको मूल्य

काठमाडौँ– नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरे । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तिने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरेको छ […]

घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : जग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

मंसिर ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको उल्लेख छ ।  सर्वेक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७६/ ७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको उल्लेख छ । मालपोतको तथ्यांकभन्दा बैंकहरुबाट प्राप्त तथ्यांकले घरजग्गा झन महंगिएको देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमनको लागि घरजग्गा मूल्य सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले बताएको छ । प्रतिवेदनमा घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई आधार बनाएर २० ओटा जिल्लाका २० ओटा स्थानलाई छनोट गरिएको हो । प्रतिवेदनमा मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० ओटा गरी कुल १० हजार ३३६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको उल्लेख छ ।  यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३३२ र १ हजार १४४ गरी कुल २ हजार ४७६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ । मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकन सम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको पनि उसले बताएको छ । केन्द्रीय बैंकले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरेको बताएको छ । साथै उसले यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गरिने पनि बताएको छ ।