घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : जग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

मंसिर ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको उल्लेख छ ।  सर्वेक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७६/ ७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको उल्लेख छ । मालपोतको तथ्यांकभन्दा बैंकहरुबाट प्राप्त तथ्यांकले घरजग्गा झन महंगिएको देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमनको लागि घरजग्गा मूल्य सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले बताएको छ । प्रतिवेदनमा घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई आधार बनाएर २० ओटा जिल्लाका २० ओटा स्थानलाई छनोट गरिएको हो । प्रतिवेदनमा मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० ओटा गरी कुल १० हजार ३३६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको उल्लेख छ ।  यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३३२ र १ हजार १४४ गरी कुल २ हजार ४७६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ । मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकन सम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको पनि उसले बताएको छ । केन्द्रीय बैंकले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरेको बताएको छ । साथै उसले यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गरिने पनि बताएको छ ।

सम्बन्धित सामग्री

घरजग्गा कारोबारले अर्थतन्त्रमा पार्ने प्रभाव

नेपालमा हुने आम मूल्यवृद्धिको एउटा कारण घरजग्गामा हुने अनियन्त्रित मूल्यवृद्धि पनि भएको हुनाले यो विषयमा समयमा नै सोच्नुपर्ने देखिन्छ । नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनले देखाएको छ भने मालपोत कार्यालयको तथ्यांकले चाहिँ यो १९.७३ प्रतिशत बढेको देखिन्छ । यस्तो अनियन्त्रित मूल्यवृद्धिलाई समयमा नै नियमन र यसको कारोबारलाई राजस्वको […]

नेपालमा घरजग्गाको मूल्य स्थिति

घरजग्गा मूल्य सूचकाङ्क निर्माण गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरेको छ । कुनै पनि देशको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि मूल्य तथा शोधनान्तर स्थिरता कायम गर्ने प्रमुख उद्देश्य रहेको हुन्छ । त्यसका लागि कुनै पनि देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक तथा वित्तीय क्षेत्रसँग […]

हरेक त्रैमासमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा घरजग्गाको मूल्य सार्वजनिक गर्ने भएको छ । शुक्रबार घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेक्रममा राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । केन्द्रिय  बैंकले घरजग्गाको मूल्यमा आउने उतार चढावलाई मापन गर्ने लक्ष्यसहित हरके त्रैमासमा मूल्य विवरण सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतारचढावले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यसको मापन गर्ने योजना बनेको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए । हाल राष्ट्र बैंक

घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्याङ्क सही राख्नुपर्ने बताएका छन्।नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङ्क सर्वेक्षण गर्न सहज हुने भन्दै यस्तो आग्रह गरेका हुन्।गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघले गरेको कारोबारको वास्तविक तथ्याङ्क राख्दा घरजग्गा कारोबारम

महामारी शुरु भएपछि घरजग्गा कारोबारमा मन्दी

३ मंसिर, काठमाडौं । कोरोना महामारी शुरु भएपछि घरजग्गाको कारोबार सुस्ताएको सरकारी सर्वेक्षणले देखाएको छ । कोरोना महामारी शुरु भएको आर्थिक वर्ष २०७६/७७मा भन्दा आर्थिक वर्ष २०७७/७८को ९ महिनासम्म तुलनात्मक रुपमा घर जग्गाको कारोबार सुस्ताएको राष्ट्र बैंकको ‘घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन–२०७८’मा देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रदान गर्दा […]

घरजग्गा मूल्य सूचकाङ्कले कारोबार नियमन गर्न सहयोग गर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारलाई नियमनको दायरामा ल्याउन घरजगामा मूल्य सर्वेक्षण सुरु गरिएको बताएका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले दुई वर्ष लगाएर तयार गरेको घरजग्गामा मूल्य सर्वक्षण सूचकाङ्क प्रतिवेदन सार्वजनिक गर्दै उनले यसले घरजग्गाको करोबार र मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने बताए । विश्वमा घरजग्गाको मूल्यवृद्धि उच्च भएकै कारण ठुलठुला...

२६ प्रतिशतले बढ्यो जग्गाको मूल्य

काठमाडौँ– नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरे । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तिने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरेको छ […]

घरजग्गाका व्यवसायीले कारोबार गरेको तथ्यांक सहि राख्नुपर्छ :  गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्यांक सहि राख्नुपर्ने बताएका छन्।  नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन...

घरजग्गाको मूल्य वर्षेनी २६.४५ प्रतिशतले बढ्दै

नेपालमा घरजग्गाको मूल्य वृद्धिदरमा वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक अमिल्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको घरजग्गा मूल्य सर्वेक्षण, २०७८ अनुसार वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक केलाउँदा घरजग्गाको मूल्य वृद्धिदर फरक फरक देखिएको हो । आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ । तर, मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्क केलाउँदा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको केन्द्री