हेटौंडा : बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन्। उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन्। शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। वर