काठमाडाैं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिनुभयो। सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गर्नुभएको छ। योसँगै अब अदालतसँग वार्ता […]
उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति । त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ । यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा ‘हाइ मास्ट लाइट’ जडान कार्य सम्पन्न हुने चरणमा पुर्याएको छ। हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए। ९ करोड ९९ लाख रुपैयाँ लागत […]