इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कारण देश बिग्रिएको आरोप लगाएका छन्। नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रिएको उनले आरोप लगाएका हुन्।इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’। यो देश बिगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नुपर्छ।’परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट