मनोमानी चाँदी आयातमा राष्ट्र बैंकले लगायो रोक

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो । नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा […]

सम्बन्धित सामग्री

खर्च घटाउन सरकारी निकायमा बोतलको पानीमा रोक

काठमाडौं, माघ ६ । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो । राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ […]

१० वस्तुको आयातमा असारसम्म प्रतिबन्ध

काठमाडौं । बैंकहरूले सवारीसाधन र विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न छाडेको ३ सातापछि सरकारले १० किमिसका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध असार मसान्तसम्मका लागि लगाइएको हो । आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले विदेशी मुद्रा सञ्चितिमाथिको चाप अझै नघटेको संकेत गर्छ । सरकारले विलासी वस्तुको आयात निरुत्साहित गर्न दर्जनौं वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने, एलसी नै नखोल्ने जस्ता उपाय अपनाउँदै आएको थियो । ती उपायले अपेक्षित नतीजा नल्याएपछि सरकारले यो कदम चालेको हो । तर, कूटनीतिक नियोगले भने आयात रोकिएका सामान ल्याउन पाउने वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले जानकारी दिए । कूटनीतिक नियोगले आफ्नै प्रयोजनका ती वस्तु आयात गर्न पाउने उनको भनाइ छ । मदिरा आयातमा प्रतिबन्धले होटेल व्यवसायमा नकारात्मक असर पर्ने होटेल संघ नेपाल (हान) को भनाइ छ । हानका कार्यवाहक अध्यक्ष विनायक शाह मदिरा रोक्दा हुने असर नबुझी निर्णय गरिएकाले सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । सरकारले निर्णय नसच्याए पर्यटन क्षेत्र नै प्रभावित हुने उनले बताए । नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयात नरोके अत्यावश्यक वस्तुको आयातसमेत संकटमा पर्ने भन्दै १६ चैतमा अर्थ मन्त्रालयलाई १६ बुँदे सुझाव दिएको थियो । आफ्नो सुझावमाथि अर्थमन्त्रीले बेवास्ता गरेपछि चैत २१ मै राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर विलासी वस्तु आयातका लागि प्रतीतपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति घटेर साढे ९ अर्ब डलर मात्र बाँकी छ । यसले साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । आयात प्रतिबन्धले आयातमा आधारित राजस्व संकलनमा पनि धक्का पुग्ने देखिन्छ । चैतमा अर्थ मन्त्रालयले ४६ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार राजस्व मासिक लक्ष्यको तुलनामा ६ अर्ब कम उठेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्वमा भ्याटतर्फको असुली पनि न्यून छ । चालू आर्थिक वर्षको ९ महीनाको लक्ष्यसँग तुलना गर्दा करीब १२ अर्ब कम मूल्य अभिवृद्धिकर संकलन भएको छ । चालू वर्षको ९ महीनामा मूल्य अभिवृद्धिकर शीर्षकमा ९२ अर्ब ८४ करोड संकलन गर्ने लक्ष्य थियो । यस अवधिमा ८० अर्ब ८८ करोड रुपैयाँमात्रै उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ । विद्युतीय गाडी आयात गर्न पाइने सरकारले पेट्रोल, डिजेलबाट चल्ने गाडीको आयातमा रोक लगाए पनि विद्युतीय गाडी भने आयात गर्न पाइन्छ । त्यस्तै, २५० भन्दा कम सीसीका मोटरसाइकल आयात पनि रोकिएको छैन । वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका वस्तुको हकमा पनि प्रतिबन्ध नलाग्ने राजपत्रको सूचनामा उल्लेख छ । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सबै गाडी आयातमा रोक लगाउँदा डेढ २ महीनापछि बजारमा गाडी पाउन मुश्किल पर्ने बताए । उनका अनुसार कमर्शियल, विद्युतीय र २५० भन्दा कम सीसीका मोटरसाइकललाई समस्या हुने छैन । असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महीनामा ग्राहकले चाहेको गाडी पाउन नसक्ने उनको भनाइ छ ।

विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका वस्तुमा रोक लगाएको हो : प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय निरन्तर घट्दै गएको विदेशी मुद्राको सञ्चितिकै लागि विलासिताका बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । पछिल्लो समय उच्च आयातकाबीच बढ्दो सोधानान्तर घाटासँगै विदेशी मुद्राको सञ्चितिमा समेत तीब्र दबाब पर्न थालेपछि बाध्य भएर राष्ट्र बैंकले यस्ता वस्तुहरुको आयातमा नियन्त्रण नीति लिनु परेको उनले बताए । ‘अहिलेको सबै भन्दा ठूलो चुनौती विषय भनेको विदेशी मुद्रा सञ्चिति व्यवस्थापनको हो । यदि हामीले समयमा नै सर्

गाडी र विलासिताका बस्तु आयातमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको घट्दो संचिति र बढ्दो शोधनान्तर घाटाबाट अर्थतन्त्रमा परेको जोखिम काम गर्न आयातमा थप कडाईको नीति लिएको छ । अब गाडी तथा विलासी बस्तुहरुको आयातमा रोक लागेको छ । सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई गाडी र विलासीताका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन दिंदै निर्देशन अटेर गरे कारबाही गर्ने चेतावनी …

निजी गाडी आयात बन्द : एलसी रोक्न राष्ट्र बैंकको निर्देशन

सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।  उच्च आयातकै...

मरीच, केराउ र सुपारी आयातमा पूर्ण बन्देज !

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मरीच, केराउ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको छ । पछिल्लाे समय आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय […]

केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक

काठमाडौं : सरकारले केराउ,सुपारी,छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो। सूचनामा २०७८ असार मसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिएको जनाएको छ। वि.सं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ। यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षदेखि लगाइएको

केराउ, सुपारी, छोकडा र मरीच आयातमा रोक

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरीच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका वस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ ।

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ ।

केराउ, सुपारी, छोकडा र मरिचको आयातमा रोक

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने छ । तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थामा आयात गर्न दिइनेछैन ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोध तथा २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम आयातमा रोक लगाएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।