निजी गाडी आयात बन्द : एलसी रोक्न राष्ट्र बैंकको निर्देशन
सरकारले निजी सवारीसाधन आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो ।
उच्च आयातकै...
काठमाण्डौ – अटो व्यवसायीले आज बिहीवार माइतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा गाडीको आयात खुले पनि अटो व्यवसायीले राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन माग गर्दै आफ्ना माग सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।
धर्ना कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष ध्रुव थापाले गाडी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्...
अटोमोबाइल्स व्यवसायीहरुले भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
काठमाडौं । सरकारले वैदेशिक मुद्रा संचिति घट्दै गएसँगै करिब एक दर्जन बस्तुको आयात असार मसान्तसम्मको लागि प्रतिबन्ध लगाएको छ । सरकारले नै प्रतिबन्ध लगाए पछि अहिले पेट्रोलियम पदार्थबाट चल्ने जीप÷कार÷भ्यानको अर्डर (नयाँ एलसी) पूर्णरुपमा रोकिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा करिब १३ अर्व रुपैयाँको पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको थियो । तर, […]
काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई गाडी आयातको लागि चाहिने प्रतितपत्र (एलसी) खोल्न रोक लगाएसँगै नयाँ गाडी आयात प्रकृया रोकिएको छ । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दै सबै वाणिज्य बैंकलाई एलसी नखोल्न मौखिक निर्देशन दिएसँगै नयाँ अर्डर बन्द भएको हो । अहिले नेपालमा करिब २० ब्राण्डले चार पाङ्ग्रे सवारीसाधन आयात तथा विक्री वितरण गर्दै […]
४ वैशाख, काठमाडौं । सवारीसाधन (अटोमोबिल) व्यवसायीहरुको संगठन नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयात खुलाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमाको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन […]
राष्ट्र बैंकले बैंकहरुलाई गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि अटोमोबाइल्स व्यवसायीहरुको आपतकालिन बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर राष्ट्र बैंकले गाडी आयातका लागि एलसी नखोल्न र खोले नखोलेको रिपोर्ट दैनिक राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्रमा तरङ्ग पैदा भएको छ । यस विषयमा आवश्यक निर्णय गर्न र कदम चाल्न आपतकालिन बैठक बोलाईएको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले जानकारी दिए । राष्ट्र बैंकको निर्देशनले अटोमोबाइल्स व्यवसायीहरु शोरुमहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउने थापाको भनाई छ । अध्यक्ष थापाले राजश्वमा २५ प्रतिशत योगदान दिने क्षेत्रलाई अंकुश लगाईनु दुःखद भएको बताएका छन् ।