काठमाण्डाै - खाद्यान्नको सङ्कट भएको हुम्लाको नाम्खाका लागि सरकारले खाद्यान्न ढुवानी सुरु गरे पनि सम्बन्धित ठाउँमा पुग्न भने अझै समस्या भएको छ । सुर्खेत र कैलालीबाट ९० क्विन्टलभन्दा धेरै चामल पठाएको भए पनि हुम्लाको सदरमुकाममा रहेको श्रीनगर डिपोमै थन्किएको छ ।
सदरमुकामसम्म स्थलमार्ग हुँदै लगिए पनि त्यहाँबाट सम्बन्धित ठाउँमा लैजानका लागि बाटो बिग्रिएकाले समस्या भएको हो । नाम्खामा खाद्यान्न लैजानका लागि हेलिकप्टरबाहेक विकल्प नभए पनि हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा लैजाने बारे भने सरकार अझै अलमल नै छ ।
हिजोदेखि नै ...