काठमाडौं : कोरोनाको जोखिम कम हुँदै गएकाले यो वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो। यो वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको