महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताए ।बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबा