काठमाडौंको हनुमानढोका दरवार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर परिसरमा मंगलवार देखिएको सुनसान दृष्य । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एक पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने गर्दछ । कोरोना महामारीका कारण गत वैशाख १६ गते गरिएको निषेधाज्ञाको अवधि बढाएर आगामी जेठ १३ गतेसम्म लम्ब्याइएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान