जनता समाजावादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनको निर्णय २०१७ सालको घटनाको पुनरावृत्ति भएको आरोप लगाएको छ । जसपाले प्रतिनिधि सभा विघटनलाई संविधान माथिको 'कू' भएको दाबी पनि गरेको छ ।
राष्ट्रिय सभा अधिवेशनको उद्घाटन मन्तव्य राख्दै जसपा नेतृ प्रमिला कुमारीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय प्रतिगामी भएको आरोप लगाएकी हुन् ।
‘पुष ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्टपतिले जनताको सर्वोच्च प्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक अलोकतान्त्रिक र प्र...