एक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४३ करोडभन्दा बढी नाफा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४३ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ५७ दशमलव २८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. २७ करोड ४८ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीले अघिल्लो आवमा रू. ४० करोड ९५ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ५६ करोड १ लाख पुगेको छ । त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुगेको छ । गत आवमा कम्पनीले जगेडामा रू. १ अर्ब ४७ करोडभन्दा बढी सञ्चिति गरेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा रू. ६ अर्ब ६३ करोडभन्दा बढी छ । कम्पनीले गत आवमा कुल रू. ३ अर्ब ७९ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ४४ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव २३ पुगेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ। गत मंसिर २२ गते

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव २९ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ साउन ३१ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २५७ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले […]

बुधवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्कासन गर्न लागेको आईपीओमा बुधवारदेखि आवेदन

दुर्घटना न्यूनीकरणका लागि रिलायबल नेपाल लाइफको सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सडक दुर्घटना जोखिम न्यूनीकरणको उद्देश्यले जिल्ला प्रहरी परिसर

नवलपरासीको अरुणखोलामा रिलायबल नेपाल लाइफको शाखा विस्तार

काठमाडौं, १८ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा आफ्नो स्थापनाको चौथो वर्षको अवसर पारी नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् । कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ । हालको विषम परिस्थतिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने जनाएको छ । सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । […]

रिलायबलद्वारा हालसम्मकै उच्च ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हालसम्मकै उच्च बीमा दावी भुक्तानी गरेको छ ।कम्पनीले रिलायबल सुलभ जीवन बीमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा एक कार्यक्रमका बीच उनकी श्रीमती परु देवि पन्तलाई ४ करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण प

रिलायबल लाइफले भुक्तानी गर्‍यो ४ करोड रुपैयाँ मृत्यु दावी रकम

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकमवापत ४ करोड रुपैयाँ भुक्तानी गरेको छ।