मोरङ। विराटनगरबाट भारतीय नक्कली नोट सहित ३ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १३ बाट नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन्।