नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको समेत बताए ।‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिङ थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो’, प्रचण्डको भन