नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान गरेका छन्।नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै छ।मेलम्चीको तटीय क्षेत्र जोखिममा परेसंगैसतर्कता अपनाउन आग्रह गरिएको छ।सल्यानमा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन्।भारतमा नयाँ उपराष्ट्रपतिका लागि आज निर्वाचन हुँदै छ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् । आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको  सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा सुकुटेमा

१४ मंसिर, सिन्धुपाल्चोक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरुका साथमा पारिवारिक सदस्य पनि छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सापकोटासँगै प्रचण्ड […]

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मंगलबार जुम्ला आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते मंगलबार जुम्ला आउने कार्यक्रम तय भएको छ। गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) जुम्लाका पार्टी संयोजक विरबहादुर कुँवरले जानकारी दिए ।कुँवरका अनुसार चुनावी सभामा गठबन्धन नेताहरू पनि सहभागी हुनेछन्। चुनावी शभा कार्यक्रम जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुनेछ ।

बामगठबन्धनबाट पाठ सिकेर आएँ, यही गठबन्धन नेचुरल हो : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसको गठबन्धन ‘नेचुरल’ रहेको बताएका छन्। गोरखा सदरमुकाममा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार भएको गठबन्धन दलका उम्मेदवारहरुको परिचयात्मक तथा अगुवा...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन्। पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको […]

जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।...

माओवादी अध्यक्ष प्रचण्ड आज दिल्ली भ्रमणमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली जान लाग्नु भएको हो । भाजपाले प्रत्येक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ दिल्ली जान लाग्नुभएको जनाइएकाे छ । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष […]

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । सम्बन्धित समाचार : सिंहदरबारमा दाहाल र नेपालबिच छलफल प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

प्रतिगमनकारीले गठबन्धन भत्काउने षडयन्त्र गर्दै  छन् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारी शक्तिले पाँच दलीय सत्ता गठबन्धन भत्काउने प्रयास गरिरहेको बताएका छन् । आइतबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा क्रान्तिपछि प्रतिक्रान्तिको...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् । भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधवार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ । नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया ग...