दसैँघरमा सवारी भइनन् तलेजु भवानी

भक्तपुर – यस वर्षको दसैँमा पनि भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी दसैँघर सवारी भइनन्। दसैँको सप्तमीको दिन मूलचोकको दक्षिणस्थित मूल देवघरमा रहेकी तलेजु भवानी पश्चिमस्थित कुमारी चोकको दसैंघरमा सवारी हुनुपर्ने थियो। यसको लागि तुलजा यात्रासमेत गरिन्थ्यो तर गत वर्षजस्तै यस वर्ष पनि तुलजा यात्रा रोकिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। ‘तुलजा यात्रा […]

सम्बन्धित सामग्री

तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा

काठमाडौं । तलेजु भवानी सेवा समितिको १२ औं साधारण सभा सम्पन्न भएको छ ।  काठमाडौंको टेकुस्थित पचली भैरव शक्तिपिठ परिसरमा समिति अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सभा सम्पन्न भएको हो ।  साधारण सभामा समितिका कार्यसमिति सदस्य, आजीवन सदस्य, पदेन सदस्यलगायत सहभागी थिए । सो अवसरमा पचली भैरवनाथ तथा अष्टमातृकाको पूजा पनि गरिएको थियो ।  सभामा समितिका सचिव राजेन्द्र मानन्धरले समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कमला श्रेष्ठले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।

बसन्तपुरमा ५०१ कुमारीको पूजा(फोटोफिचर)

बसन्तपुरमा इन्द्रजात्राको अवसरमा ५०१ कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडि आज सामुहिक कुमारी पुजा गरिएको हो । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने...

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी

तलेजु भवानीको पूजा आराधना गर्न सबै भक्तजन लालायित हुन्छन् । हुन पनि नवरात्रको अन्तिम दिन महानवमीको दिनमात्रै सर्वसाधरणको दर्शनका लागि खुला हुने हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा मुलुकमा कुनै प्रकारको अनिष्ट नहोस् भनेर समग्र देश र जनताको कल्याणको कामना गर्दै तान्त्रिक विधिबाट बलि दिने परम्परा छ । राज्य सञ्चालनका क्रममा शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ …

तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ।...

तलेजु भवानी मन्दिर आज खोलिँदै

तलेजु भवानी मन्दिर आज खोलिँदैछ । यो मन्दिर महानवमीका दिन वर्षमा एकपटक मात्र खोल्ने गरिन्छ । गत वर्ष कोभिड-१९ महामारीका कारण महानवमीमा पनि खोलिएको थिएन ।

कोरोनाले बन्द तलेजु भवानी मन्दिर खुल्यो, बिहानैदेखि भक्तजनको भीड

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ। तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका...

तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र  धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताए ।बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबा

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं : कोरोनाको जोखिम कम हुँदै गएकाले यो वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो। यो वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको

तस्वीर : सुनसान देखिएको तलेजु भवानी मन्दिर परिसर

काठमाडौंको हनुमानढोका दरवार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर परिसरमा मंगलवार देखिएको सुनसान दृष्य । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एक पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने गर्दछ । कोरोना महामारीका कारण गत वैशाख १६ गते गरिएको निषेधाज्ञाको अवधि बढाएर आगामी जेठ १३ गतेसम्म लम्ब्याइएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान