हेटौंडाको मेयरमा उठ्न उपमेयर लामाको राजीनामा

हेटौंडा : मेयरको टिकट पाएपछि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले पदबाट राजीनामा दिएकी छिन्। लामालाई नेकपा एकीकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा उठाउने भएको छ। शनिबार समाजवादीले लामालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले उपमेयर पदबाट राजीनामा दिएकी हुन्। लामाले मेयर हरिबहादुर महतसमक्ष राजीनामा बुझाइन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस-माओवादी केन्द्रको गठबन्धनका

सम्बन्धित सामग्री

मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

विराटनगर । विराटनगर महानगरपालिको मेयरका आकांक्षी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । गठबन्धनमा भएको सहमतिअनुसार मेयर नेपाली कांग्रेसको भागमा परेपछि उनले राजीनामा दिएका हुन् । पार्टीबाट टिकट नपाउने भएपछि असन्तुष्ट बनेका यादवले आज पत्रकार सम्मेलन गर्दै परित्यागको घोषणा गरेका हुन् । महानगरको उपमेयर जसपाको भागमा परेको छ । पत्रकार […]

लेटाङमा मेयरसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

विराटनगर । मोरङको लेटाङ नगरपालिकाका मेयरसहित ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरूले राजीनामा दिएका हुन् । मेयर शंकर राईले उपमेयर कृष्णकुमारी निरौला पोखरेलसहित ३६जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् । उपमेयर पोखरेलका अनुसार आज पदबाट राजीनामा दिनेमा एमाले पार्टीबाट निर्वाचित […]

मेयरमा उठ्न जैमिनीका उपमेयर रानाले दिए राजीनामा

९ वैशाख, बागलुङ । मेयरको उम्मेद्वार बन्नका लागि बागलुङको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले राजीनामा दिएका छन् । रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष दिएको राजीनामा स्वीकृत भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित राना आसन्न निर्वानमा पार्टीबाट जैमिनी नगरपालिकाको मेयर उम्मेदवारमा सिफारिस भएका छन् । पार्टीको निर्णय अनुसार राणा […]

फेरि मेयर उठ्न रेनुले दिइन् राजीनामा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन्। ‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले थाहाखबरसँग भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ।’पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले