काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गा दिन सरकारले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताएका छन्। सरकारले खारेज गरेको भूमिसम्बन्धी आयोगमा रहेका प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाएर सबैलाई समेट्ने गरी आयोग गठन गरेर जग्गा प्रदान गर्ने गृहकार्य गरिरहेको उनले बताए। उनले भने, पहिलेको आयोगका कमीकमजोरीलाई परिमार्जक र परिष्कृत गरी हामी प्रक्रिया अघि बढाएर भूमिहीनलाई जग्गा दिन चाहन्छौँ।’