काठमाडौं । आमाको दूध छुटाउन पाएको हुँदैन, अभिभावकहरु आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन् । काखे बच्चालाई कक्षाकोठामा पुर्याइन्छ, अक्षर घोकाइन्छ र गृहकार्य गराइन्छ । पुस्तकको गह्रौं झोला थमाइन्छ । किन ? आमाबुवा चाहन्छन्, ‘सानै उमेरमा विद्यालय भर्ना गरिदिए जान्नेबुझ्ने हुन्छन् । धेरै पढ्छन् ।’ तर अभिभावकको यस्तो अपेक्षासँग बच्चाको शारीरिक र मानसिक अवस्थाको […]