पचरौता नगरपालिकास्थित सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारले दुई महिनासम्म पनि क्षतिपूर्ति पाउन सकेको छैन । ट्याक्टर धनीले उपचारमा लागेको सम्पूर्ण खर्च नबेहोरेको, तेस्रो पक्षले बिमाको रकम उपलब्ध गराउन आनाकानी गरिरहेको र प्रहरीले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया सुरु नगरेकाले पीडित परिवारले आफूहरू बिचल्लीमा परेको गुनासो गरेको छ ।