परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । कण्डम, पिल्स, डिपोप्रोभेरा (तीनमहिने सुई), इम्प्लान्ट, आईयूसीडी (कपरटी) आदि परिवार नियोजनका अस्थायी साधन हुन् । परिवार नियोजनको अस्थायी साधनका आ–आफ्नै फाइदा र […]

सम्बन्धित सामग्री

चोरी भएको फोनबाट ह्वाट्सएप म्यासेज रिकभर गर्ने तरिका

आजकाल धेरैले सन्देशहरू पठाउनदेखि लिएर परिवार र साथीहरूसँग भिडियो कल गर्न ह्वाट्सएप प्रयोग गर्छन् । मानौं तपाईको फोन कतै खस्यो वा चोरी भयो, तब सबैभन्दा ठूलो चिन्ताको विषय ह्वाट्सएपमा सन्देश पुनः प्राप्त गर्नु र सुरक्षित राख्नु पर्ने हुन् सक्छ ।  आजको लेखमा हामी तपाईलाई एउटा यस्तो तरिका बताउन गइरहेका छौँ, जसको मद्दतले तपाईले आफ्नो चोरी भएको फोनबाट ह्वाट्सएप च्याट...

दशैंको मासु : उपभोगमा सावधानी नअपनाए विषालु !

दशैंको एउटा विशेषता मीठो खाने, राम्रो लगाउने हो । दशैंका बेला  खानेकुरामा नछुट्ने (शाकाहारी परिवार बाहेक) परिकार हो मासु । हुन त मासु खान दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपि देशैंमा मासुले बढी महŒव पाउने गरेको छ । दशैंमा खसीको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । त्यसबाहेक जाति, समुदाय र प्रचलन अनुसार नेपालीको भान्छामा रागा, च्यांग्रा, कुखुरा, हाँस, माछा लगायतको मासु समेत पाक्ने गर्छ । यस्तै विदेशबाट आयातित सामुद्रिक खाना पनि हाम्रो भान्सासम्म पुग्छ । मासुमा विशेषगरी प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोट्रिन हाम्रो शरीरलाई आवश्यक एउटा महत्त्वपूर्ण पोषक तत्त्व हो । तर, त्यसको सही आपूर्तिका लागि कति खाने, कसरी खाने भन्ने थाहा हुनुपर्छ । अन्यथा जथाभावी रूपमा उपभोग गर्दा मासु नै रोगको स्रोत बन्न सक्छ । दशैंमा देवीलाई पशुबलि दिने र प्रसादको रूपमा मासु खाने चलन छ । यस्तै बजारबाटै किनेर पनि मासु ल्याइन्छ । आफन्त आउँदा प्रायः मासुकै परिकार खुवाइन्छ । आफू शाकाहारी भए मासुको प्रसंगै भएन, अन्यथा जसको घरमा गएको हो, उसको मन राखिदिन पनि केही मासु खाइन्छ । तर मात्रा र तरीका नमिलाई खाइएको मासुले स्वास्थ्यमा गडबडी हुन सक्ने भएकाले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्टार हस्पिटल, सानेपाकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानैपर्दा केही तरिका अपनाउन सकिन्छ । यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा बढी खाने र मासु कम खाने गर्न सकिन्छ । चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्च रक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ । यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दशैं मनाउनुपर्ने पोषणविद् अवस्थी बताउँछिन् । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलादे बढी सेवन गर्न उनी सुझाउँछिन् । पछिल्लो समय दशैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेषगरी चिसो पेयपदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गरिन्छ । यस्ता खानेकुरा सकेसम्म खानै नहुने अवस्थी बताउँछिन् । उनका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नूनको मात्रा बढी हुन्छ, जसको अधिक उपभोगले स्वास्थ्यमा विभिन्न जटिल समस्या ल्याउन सक्छ । दशैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेषगरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म विशेष ध्यान दिनुपर्छ । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने, मासुलाई बोसो निकालेर छुट्याउने र थोरै तेल राखेर पनि पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । दशैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन पनि स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् अवस्थीको भनाइ छ । उनका अनुसार पक्कु बनाउँदा धेरै तेल मासुले सोस्ने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लो धेरै हुन्छ । यस्तै तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तŒव पनि नष्ट हुन्छ । कसरी तयार गर्ने मासु ? मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने त्यस हतियारलाई पहिले राम्रोसँग सफा गर्नुपर्छ । मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ । थोरै समयमै मासु पकाउँदा भित्री भाग नपाकेको पनि हुन सक्छ । त्यसैले, मासु लामो समय दिएर पूरै पाक्नेगरी पकाइसकेर मात्र खानुपर्छ । मासुलाई खुला वा झिँगा भन्कने ठाउँमा राख्नु हुँदैन । मासु राख्दा अनिवार्य छोप्नुपर्छ । सकेसम्म लामो समयदेखिको मासु खानुहुँदैन । पाकिसकेको मासु नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट कीटाणु सर्ने सम्भावना प्रबल हुन्छ । आन्द्राभुँडी राम्रोसँग सफा गरिसकेपछि मात्र पकाउनुपर्छ । पानीको प्रयोग गरेर अनुभवीले मात्र पखाल्ने काम गर्नुपर्छ । यसरी मासु तयार पार्दा सम्भावित कैयौं स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । शाकाहारी हुनुहुन्छ भने... मासु खान मिल्दैन या शाकाहारी हुनुहुन्छ भने उत्तम विकल्प छन् । यस्तो शाकाहारी खानेकुरा स्वादमा मासुजस्तै लाग्छ । साथै मासुले भन्दा बढी फाइदा गर्नुका साथै ‘साइड इफेक्ट’ पनि हुँदैन । यसका लागि ‘भेज मिट प्रडक्ट’ उपभोग गर्न सकिन्छ, जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यवद्र्धक पनि हुन्छ । भेज मिट भटमासबाट बन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउँदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दूधबाट बनेका पनिर र भटमासबाट बन्ने तोफु पनि प्रयोग गर्न सकिन्छ ।