बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि सरकारले त्यसमा आफ्नो पनि दायित्व रहेको स्विकारेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बिमा भुक्तानीका लागि १ अर्ब रुपैयाँ भुक्तानी दिने निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए । ‘मन्त्रिपरिषद्ले एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ,’ उनले भने, ‘सोही निर्णयका आधारमा अर्थ मन्त्रालयले बिमा समितिलाई निकासा दिने प्रक्रिया सुरु भएको छ । पैसा पाएपछि बिमा समितिले कोरोना बिमा कार्यविधिअन्तर्गत बिमितलाई रकम व्यवस्थापनको निर्णय गर्नेछ ।’