डेढ वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी सुरु

काठमाडौं : बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ।  सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो।बिमा कम्पनीले ४५ करोड जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन। पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउ

सम्बन्धित सामग्री

सरकार अनुदान घोषणा गर्छ, रकम भुक्तानी दिन्न

कोभिड संक्रमणका बेला सरकारले घोषणा गरेको कोरोना बिमाको अनुदान भुक्तानी झन्डै दुई वर्षदेखि ठप्प छ । कोरोना संक्रमण भएकालाई राहत दिने उद्देश्यले कोरोना बिमामा अनुदान दिने नीति ल्याएको थियो । तर सरकारले पैसा नदिँदा एकातिर १ लाखभन्दा बढी बिमितले अझै भुक्तानी पाएका छैनन् भने अर्कोतिर बिमा गरेपछि भुक्तानी पाउनुपर्ने मौलिक अधिकारबाट उनीहरू वञ्चित छन् । यसअनुसार सरकारले झन्डै १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

अर्थले रोकिदियो १ लाख जनाको कोरोना बिमा भुक्तानी

सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले लामो समयदेखि रोकिदिँदा १ लाखभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाउन सकेका छैनन् । बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम नदिँदा करिब एक वर्षदेखि दाबी भुक्तानी रोकिएको हो । अर्थ मन्त्रालयले ‘बेमौसमी वर्षाले धानबालीमा क्षति पर्‍याएपछि किसानलाई राहत दिनुपर्ने, मल खरिदका लागि अतिरिक्त बजेट चाहिने’ लगायत कारण देखाई स्रोत नभएको भन्दै बिमाको रकम निकासा गरिदिएको छैन ।

कोरोना बिमा भुक्तानी थाल्न दुई विकल्प पेस

सरकारले पैसा नदिएपछि झन्डै एक वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पुनः सुरु गर्न बिमा समितिले अर्थ मन्त्रालयमा दुई विकल्प पेस गरेको छ । सरकारले तिर्नुपर्ने रकम धेरै भएकाले एकै पटक तिर्न नसक्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले भुक्तानीका अरू विकल्प ल्याउन भनेपछि समितिले गत साता दुई विकल्प पेस गरेको हो ।