प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनियताको शपथ (भिडिओसहित)

काठमाडौं, ११ पुष । नवनियुत्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्। आज (सोमबार) शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले शपथ लिएकी हुन् । प्रधानमन्त्री दाहाल दौरा सुरुवाल लगाएर शितलनिवास पुगेका हुन् ।

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ,१४ पुष । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । महान्यायाधिवक्ता […]

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय पोशाकमा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघि दुईपटक प्रधानमन्त्री हुँदा टाइसुटमा शपथ लिनुभएका प्रचण्डलाई यसपटक राष्ट्रिय पोशाकमा देखिएको हो । तर, राष्ट्रिय पोशाक भने प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वेच्छाले नभै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेपछि उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको …

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा देउवा पनि उपस्थित

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित भएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित प्रचण्डको शपथ ग्रहण कार्यक्रममा देउवा पनि सहभागी भएका हुन्। यसअघि सोमबार बिहान प्रचण्डसँग भएको टेलिफोन वार्तामा सहभागी नहुने भने पनि कार्यक्रमा भने सहभागी भएका हुन्।

बालुवाटार प्रवेश नगर्दै प्रधानमन्त्री दाहालको यस्तो बोल्ड निर्देशन

काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । प्रचण्डले आफू निर्णायक अवस्थामा देशको नेतृत्वमा पुगेको […]

श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौँ – श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्। उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाए आजै अपरान्ह राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको शपथ *

असार २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।            राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमवारको फैसलापछि राष्ट्रपति भण्डारीले  देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।            सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।यसैबीच नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।            नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाइ रहेका छन् ।  नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।रासस    *प्रस्तुत समाचारको तस्वीर असावधानीबस अर्को पर्न गएकोले सच्याइएको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ