श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौँ – श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्। उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।

सम्बन्धित सामग्री

दिनेश गुणावर्धने बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना(एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।