काठमाण्डाै – सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा निचोड निस्कन सकेको छैन । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख...