धादिङ – धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न ठाउँमा पहिरो र बाढीका कारण गाडी सञ्चालनमा समस्या आएको छ ।
त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्ने खोला सुरुङ मार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।
पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा पालिकाले जथाभाबी सडक ...