बूढीगण्डकीले सुकुम्बासी बनायो, बिजुली निस्किएन

भनिन्छ, विकासले जनतालाई उठीबास होइन, उनीहरुको जीवन सहज बनाउन सक्नुपर्छ । तर, राज्य सञ्चालकहरुको अपरिपक्व नीतिका कारण कसरी विकासका नाममा जनतामाथि थिचोमिचो हुँदोरहेछ भन्ने उदाहरण बन्न पुगेको छ बूढीगण्डकी आयोजना । यो आयोजनाका कारण कयौं मानिसहरु विस्थापित बनेका छन् । तर, ७ वर्षसम्म आयोजना बन्ने कुनै सुरसारै छैन ।फेवाताल भन्दा ठूलो जलाशय बनाएर १२ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष राखिएको बूढीगण्डकी परियोजना कुन मोडालिटीमा बन्ने र कुन कम्पनीले बनाउने भन्ने अझै निश्चित हुन सकेको छैन । गण्डकी बहुउद्

सम्बन्धित सामग्री

ठाउँ छाडौं सीमा मिचिने, नछाडौं पीडैपीडा

चितवन । अमरबहादुर रानामगर माडी नगरपालिका १ स्थित वाल्मीकि आश्रमसँग जोडिएको सुकुम्बासी बस्तीमा २०३६ सालभन्दा अघिदेखि नै बस्दै आएका छन्। तनहुँबाट बुवासँग झरेका रानामगरले आफ्नो सक्रिय जीवन यही बस्तीमा बिताए। आजभोलि उनलाई आफू हुर्केको ठाउँ छोड्न मन लागिरहेको छ। यस्तो हुनुको कारण हो कष्टकर दैनिकी। ‘खेतीपाती गर्न पाइँदैन। आम्दानी छैन। खानेपानी, बिजुली छैन। बर्खामा बाहिर […]

शून्य समयमा सांसद्हरूले उठाए नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् ।  आजको बैठकमा शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको पनि उनीहरूले बताए ।  सांसद अनिसा नेपालीले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद् अन्त्य हुन नसकेको विषय उठाए । छुवाछुतविरुद्धको कानुन बलियो हुन नसकेकोले संसद्ले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । सांसद अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोलीले काम गरिरहेको भए पनि त्यहाँ जानका लागि सडक पहुँच नरहेको र जग्गा अधिग्रहणको काम नसकिएको विषय उठाए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पु¥याउन नसकेको उनको भनाइ छ ।   सांसद अम्मरबहादुर रायमाझीले पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगका विषयमा संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गरे ।   सांसद अमरेशकुमार सिंहले सवारी दुर्घटना बढ्न थालेकाले सडक सुरक्षामा ध्यान दिन नसकेकोका कारण धेरै जनाले ज्यान गुमाउनु परेको बताए । सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयलाई गम्भीररूपमा लिइनुपर्ने उनको भनाइ छ । सांसद एकनाथ ढकालले पनि सडकका खाल्डाखुल्डी बढेको र सरकार तथा मातहतका निकायको कमजोरीका कारण सडक दुर्घटना बढेको धारणा राखे ।  सांसद अमृतादेवी अग्रहरीले वर्षेबाली लगाउने बेलामा किसानले मलखाद र बीउबिजन पाउन नसकेको विषय उठाइन् । तराईका जिल्लामा भारतसँगको सीमा नाकाबाट मल तथा बीउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पु¥याउन नसकेको उनको भनाइ छ ।  सांसद अर्जुननरसिंह केसीले सहकारी संस्थाका बचतकर्ताको रू १० अर्बभन्दा बढी रकम डुब्ने अवस्थामा रहेकाले सरकारले गठन गरेको अध्ययन समितिको प्रभावकारिताबारे प्रश्न गरे ।  सांसद अस्मा कुमारी चौधरीले भूमिहीन र सुकुम्बासीको समस्या देशभर रहेकाले यो समस्या समाधानका लागि शक्तिशाली आयोग बनाएर जानुपर्ने माग राखे ।  सांसद अशोककुमार चौधरी सुनसरी रामधुनी– ९ मा निर्माणाधीन पुल अलपत्र परेको विषय उठाए । काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्न उनले माग गरे ।  सांसद असिम शाहले साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याउन नसकेको विषय उठाए । साझा यातायातले ३७ ओटा बिजुली बस किनेकोमा जम्मा तीनओटा मात्रै सञ्चालनमा ल्याएको र ३४ ओटा अझै सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । रुट पर्मिट, चार्जिङ सुविधा, पार्किङलगायतका सुविधा नपाउँदा साझा यातायातले आफ्नो सेवा दिन नसकेको उनको भनाइ छ ।  सांसद ईश्वरबहादुर रिजालले दोलखा, सिन्धुपाल्चोक र रामेछाममा गौरीशङ्कर संरक्षण क्षेत्रका कारण स्थानीयले बारीमा उम्रेको रुखबिरूवा समेत काट्न नपाउँदा त्यसले धेरै किसानका बारी जङ्गलमा परिणत भएको बताए ।  सांसद ईश्वरी घर्तीले सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले बर्सेनि कुनै सेवा सुविधा उपलब्ध गराउने गरी सम्मानित गर्नुपर्ने र माध्यमिक तहको पाठ्यक्रममा उनको जीवनी समावेश गरिनुपर्ने माग राखे । सांसद जुलीकुमारी महतो सगरमाथा आरोहणका क्रममा डोरी चुँडिएर बेपत्ता भएका रञ्जित साहको खोजीका लागि आग्रह गरे ।   सांसद उमरावती देवीले नागरिकताविहीन नागरिकको विषय उठाए । सांसद जाबेदा खातुन जागाले नागरिकता विधेयक पारित गरिनु सकारात्मक रहेको उल्लेख गर्दै नागरिकताबाट वञ्चित व्यक्तिहरूले त्यसको स्वागत गरेको बताए ।  सांसद गगनकुमार थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी बजेटमा व्यवस्था भएकोमा त्यसलाई सच्याउनुपर्ने बताए । जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उनको माग छ ।   सांसद गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहेको बताए ।  सांसद गीता बस्नेतले बर्दियाको ठाकुरद्वार आरक्षण क्षेत्रका किसानले लालपुर्जा हुँदा पनि जमिनबाट लाभ लिन नसकेको उल्लेख गर्दै किसान बीमा योजना लागू गरिनुपर्ने धारणा राखे ।  सांसद गोकुलप्रसाद बाँस्कोटाले पाँचखालमा तरकारी बालीमा कीरा लागेकाले कीटनाशक औषधिको सहज उपलब्धताका लागि माग गरे । सांसद गङ्गाप्रसाद यादव सिरहा जिल्लाका चुरे क्षेत्रका जनताले आधारभूत सुविधाबाट वञ्चित हुनुपरेको विषय उठाए ।   सांसद चन्दा कार्की भण्डारीले असहाय र अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट पाउनुपर्ने सुविधाको प्रत्याभूति गरिनुपर्ने बताइन् ।  सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिम चौरजहारीमा हवाई सेवा पछिल्लो तीन वर्षदेखि बन्द रहेकोमा त्यहाँ हवाई सेवा शुरु गरिनुपर्ने माग राखे ।  सांसद चित्रबहादुर केसीले मध्यपहाडी लोकमार्गको काममा भएको ढिलाइको विषय उठाए । मध्यपहाडी राजमार्गमा काम नगर्ने ठेकादारसँगको ठेक्का खारेज गरी अर्को ठेक्का लगाएर तत्काल काम शुरुआतको माग गरे ।  सांसद ज्वालाकुमारी साह कलैया क्षेत्रको सडक निर्माणको विषय उठाइन् । रासस

दाउ जोन्सबाट निकालियो अदानी इन्टरप्राइजेज

काठमाडौं । नेशनल स्टक एक्सचेन्जले केही समयका लागि अदानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेपछि अमेरिकी शेयर बजारमा पनि अदानीलाई झट्का लागेको छ । अमेरिकाको एसएन्डपी दाउ जोन्स इन्डिसिजले फेब्रुअरी ७ देखि अदानी इन्टरप्राइजेजलाई डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो ।  दशकौंदेखि शेयरमा चलखेल र खातामा धोकाधडीको आरोपतर्फ औंल्याउँदै अदानी इन्टरप्राइजेजलाई डाउ जोन्स सस्टेनेबिलिटी इन्डेक्सबाट हटाउन लागिएको एसएन्डपी दाउ जोन्स इन्डिसिजले एक विज्ञप्तिमा भनेको छ । सञ्चार माध्यम र शेयरधनीहरूको विश्लेषणपछि यो निर्णय गरिएको बताइएको छ ।  न्यूयोर्कस्थित शर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले जनवरी २४ मा अदानी ग्रुपबारे सनसनीपूर्ण खुलासा गरेयता समूहका सूचीकृत कम्पनीहरूको शेयर ओरालो लागिरहेको छ । यस क्रममा कम्पनीका शेयरधनीहरू त कंगाल भएका छन् । अदानीले भने दिनहुँ अर्बौं डलर बराबरको नेटवर्थ गुमाइरहेका छन् । समूहले २ खर्ब रुपयाको एफपीओ नै रद्द गर्नु पर्यो ।  अन्तरराष्ट्रिय सूचकांकहरूले अदानीको शेयरको सदस्यताको पुनः मूल्याङ्कन गरिरहँदा नेसनल स्टक एक्सचेन्जले यसबारे पहल नगरेको भन्दै प्रश्न तेर्सिन थालेका छन् । एनएसईले अदानी इन्टरप्राइजेज, अदानी पोर्ट्स र अम्बुजा सिमेन्टको शेयरलाई निगरानीको सूचिमा राखेको थियो । विश्वका सबैभन्दा दिगो कम्पनीहरूलाई डाउ जोन्स सस्टेनेबिलिटी वर्ल्ड इन्डेक्समा राखिन्छ । लगानीकर्तालाई मार्गदर्शन गर्ने उद्देश्यले सन् २०१२ मा यो सूचकांक शुरु गरिएको थियो । यसको शुरुआत एसएन्डपी ग्लोबल, शिकागो मर्केन्टाइल एक्सचेन्ज ग्रुप र न्यूज कर्पोरेशनले संयुक्त रूपमा गरेका हुन् ।  अदानी ग्रुपका मेगा प्रोजेक्टमा प्रश्न हिन्दुस्तान टाइम्सका अनुसार अदानीका कम्पनीहरूले चलाइरहेका तीन ओटा अर्बौं डलरका परियोजनाको भविष्यमाथि प्रश्न उठ्न सक्ने छ । मुम्बईको सुकुम्बासी बस्ती धारावीको पुनःविकास परियोजना, नवी मुम्बई इन्टरनेशनल एयरपोर्ट र नवी मुम्बई बिजुली वितरण परियोजना संकटमा पर्ने देखिन्छ । यी तीन ओटै परियोजनामा अदानीको कम्पनीले हात हालेका छन् । हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता अदानी ग्रुपको बजार पूँजीकरण १०८ खर्ब गुमिसकेको छ । ब्लुम्बर्गको विश्वका धनीहरूको सूचीबाट पनि अदानी २१ औं स्थानमा झरेका छन् । आज पनि अदानीले १० अर्ब ७० करोड डलर गुमाएका छन् । जनवरी २३ मा बजार बन्द हुँदा १ खर्ब २० अर्ब डलर रहेको अदानीको नेटवर्थ आज ६१ अर्ब ३० करोड डलरमा झरेको छ ।  गएको ६ दिनको कारोबारमा एनएसईमा अदानी इन्टरप्राइजेजको शेयर ५५ प्रतिशतले घटेको छ । अन्य केही कम्पनीको शेयरको मूल्य ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।

बिजुली बल्दा सुकुम्बासी खुसी

रौतहटको कटहरिया नगरपालिकाका भूमिहीन सुकुम्बासीको घरमा बिजुली बल्न थालेपछि उनीहरू मक्ख परेका छन्। वर्षौंदेखि अन्धकारमा बसेका उनीहरूको घरमा विद्युतीय मिटर बक्ससमेत जडान भइसकेको छ। दिगो समाधान परियोजनामार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पु-याउन वडाध्यक्ष भूपेन्द्र महतोको सक्रियतामा बिजुलीको मिटर जडान गरी बत्ती बालिएको हो। नगरपालिकाको वडा नं. १, भसेडवाबाट सुरु गरिएको मिटर वितरण ३, ४ र ९ नम्बर वडाका सुकुम्बासीलाई पनि वितरण गरिने वडाध्यक्ष महतोले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा वडा नं. १ का २९ सुकुम्बासी घरपरिवारलाई मिटर वितरण गरी जडान गरिने छ।

‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’ (भिडियो)

रुपन्देही, सखुवानी । सखुवानी नजिकैको फर्साटिकरमा दलका नेताहरु पालैपालो पुग्छन् । प्रत्येकजसोले बाटो, बिजुली र अस्पतालका कुरा झिक्छन् । यहाँका नागरिकको पीडा भने अर्कै छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका गाउँहरुमध्ये सखुवानी एउटा हो, जहाँबाट अनलाइनखबरले यो भिडियो लाइभ गरेको थियो । यस भिडियोमा हामीले १० महिलाहरुसँग कुराकानी गरेका छौं, जसमध्ये प्रमुख सरोकारका रुपमा […]

बस्ती बसेको बीस वर्षपछि बिजुली

काठमाडौँ,१२ भदौ । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका […]

गोदावरी नगरपालिकाको दक्षिण कटान टोलमा बस्ती बसेको बीस वर्षपछि पुग्यो बिजुली

गोदावरी : कैलालीको गोदावरी नगरपालिका-३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो। दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्। खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै…

धरानका सुकुम्बासीद्वारा ‘एक हातमा लालपूर्जा अर्को हातले भोट’ हाल्ने घोषणा

चैत २१, धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुको भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपूर्जा एक हातले भोट’ माग गरेका छन् ।  हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपूर्जा अर्को हातले भोट हाल्ने घोषणा गरेका छन् ।  स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतवार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत र्‍याली प्रदर्शन गर्दै मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका छन् । धरान १ छाताचौकबाट लालपूर्जा दिएपछि मात्रै भोट हाल्ने भन्दै नारा जुलुस सहितको र्‍याली प्रदर्शन गरेका थिए ।  सुकुम्बासीलाई जहिल्यै आश्वासन दिएर बलीको बोका बनाइने राजनीतिक चरित्रको अन्त्य गर्दै वैसाख ३० गते हुने स्थानीय निर्वाचन अघि नै लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन् ।  सुकुम्बासीले बुझाएको घोषणापत्रमा सुकुम्बासीलाई स्थानीय बसोबासको व्यवस्था, सुकुम्बासी क्षेत्र विकास कोषको स्थापना गरी बाटो, पानी, बिजुली बत्ती लगायत मुद्दाहरुलाई समेटिनु पर्ने बताएका छन् ।  १० बुदे घोषणापत्र बुझाउँदै नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले सुकुम्बासीलाई राजनीतिक दलले चुनाव जित्ने माध्यम बनाएको आरोप लगाए । उनले भने, ‘राजनीतिक दलका लागि सुकुम्बासी सुनको अण्डा पार्ने कुखुरा जस्तै भएको छ, घोषणापत्रमा सुकुम्बासी समस्या समाधानको कुरालाई प्राथमिकतामा राखिएको हुन्छ, चुनाव जितेर गएपछि त्यो मुद्दा नै ओझेलमा पर्छ ।’ उनीहरुले आयोगको झन्झिटिलो प्रक्रियाबाट नभई फाष्ट ट्रयाकबाट लालपूर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । अध्यक्ष कार्कीले भने, ‘झन्झटिलो प्रक्रिया भएको आयोगबाट भन्दा पनि सिधा स्थानीय तहको सिफारिशमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र जिल्ला मालपोत कार्यालयबाट श्रेस्ता कायम गरि लालपूर्जा वितरणको कार्य गर्नुपर्छ, यसो भएमा मात्र सुकुम्बासीले सहज रुपमा लालपूर्जा पाउँछन् ।  स्थानीय तह लक्षित ‘नो लालपूर्जा, नोट भोट’ अयिभान हालसम्म देशका १५ जिल्लाका स्थानीय तहहरुमा गरिसकेको अध्यक्ष कार्कीले जानकारी दिए । ज्ञापनपत्र बुझिसकेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आयोग र नगरपालिकाबीच सुकुम्बासी समस्या समाधानमा सम्झौता भइसकेकाले चाडै समस्या समाधान हुने विश्वास दिलाएका थिए ।

१० हजारलाई धनीपुर्जा वितरण गरिने

झापा कन्काईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताउनुभयो ।           नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताउनुभयो । हाल कन्काईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउनुहुन्छ ।           नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।           प्रदेश नंं १ को कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको बताइएको छ । आफूसँग जमीन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैंकिङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहँुदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की स्थानीयवासी तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्नुभएको छ ।