१० हजारलाई धनीपुर्जा वितरण गरिने

झापा कन्काईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताउनुभयो ।           नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताउनुभयो । हाल कन्काईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउनुहुन्छ ।           नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।           प्रदेश नंं १ को कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको बताइएको छ । आफूसँग जमीन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैंकिङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहँुदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की स्थानीयवासी तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

भूमिहीनले पाए जग्गाको धनीपुर्जा

झापा – जिल्लाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन्। आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ। जिल्लामा ४८ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको धनीपुर्जा माग गर्दै निवेदन दिएका छन्। आयोगका झापा […]

सुकुम्बासीलाई धनीपुर्जा

झापा, मंसिर २५ । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नं ८ थप ३० […]

सुकुम्बासीलाई धनीपुर्जा

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए ।कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ ।  नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने

झापाका सुकुम्बासीलाई धनीपुर्जा वितरण

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए ।कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ ।  नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने

कनकाई नगरभित्रका २० सुकुम्बासीलाई धनीपुर्जा

झापा – कनकाई नगरपालिकाले नगरभित्रका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ […]

कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई दियो जग्गा धनीपुर्जा

बनियानी : झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई-८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नम्बर ८ थप…

२० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं ८ थप ३० वटा र वडा […]

सुकुम्बासीलाई धनीपुर्जा वितरण

बनियानी – झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई- ८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नं ८ थप ३० वटा र वडा […]

झापामा भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण सुरु

भद्रपुर– झापामा राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणकार्य सुरु गरेको छ। आयोगका अध्यक्ष तिलक पाण्डेले विगत छ महिनामा ८३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेको बताउनुभयो। गौरादह नगरपालिकास्थित महारानीझोडाका ५० र बुद्धशान्ति गाउँपालिकाका ३३ गरी ८३ परिवारलाई धनीपुर्जा वितरण गरिएको हो। वर्तमान सरकार गठन भएपछि जिल्लामा पाण्डेको अध्यक्षतामा […]

धनीपुर्जा पाएपछि मुसहर समुदाय हर्षित

दुधौली नगरपालिका–६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई आयोगले देशमै पहिलो पटक जग्गा धनीपुर्जा वितरण गरेको छ। भूमिहीन मुसहर समुदायले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गा उनीहरूकै नाममा नेपाल सरकारले पुर्जा उपलब्ध गराएको हो। मुसहरलाई अधिकतम पाँच कट्ठासम्म जग...