वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो । काँग्रेसका जिल्ला सचिव माधव ढकालले रातोपाटीसँग कुरा गर्दै हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको ढकालले जानकारी दिए । उनले भने, ‘केन्द्रीय मापदण्ड अनुसार भए हामी गठ