काठमाण्डाै – सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न सङ्केत चिह्नकाे रूपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ ।
होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी सङ्केत चिह्न प्रदान गर्ने र त्याे सङ्केत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो ।
सङ्केत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहने छ भने सबैभन्...