क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि कूटनीतिक पहल गर्न आह्वान गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, ‘हामी दुवै पक्षहरू संयमित भई...
काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडाैं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा […]
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।” चीनसँगका सीमा […]
३२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावनाबाट […]
निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने ...
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट पारेका छन्। यद्यपि, अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना भने नटरेको उनले बताएका छन्। उनले...
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् । उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन् । सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको उनले बताए ।‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस् । कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ । […]
काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा सम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन्। बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए। ‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,’ उनले भने, ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।