कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

सम्बन्धित सामग्री

निजामती सेवा ऐन यथाशिघ्र जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

निर्माण व्यवसाय क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवालाई बधाई दिँदै निर्माण व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । अघिल्लो सरकारले ल्याएका बजेट […]

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।