‘सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन् । सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको उनले बताए ।‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस् । कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ । […]

सम्बन्धित सामग्री

कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

कूटनीतिक माध्यमबाटै सीमा समस्या समाधान गरिने

छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ ।

१९५० को सन्धि र ईपीजीको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : प्रचण्ड

३२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावनाबाट […]

सीमा समस्या समाधानमा कूटनीतिक वार्ताबाहेक अरु बाटो छैनः डा. प्रकाशशरण महत

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीचको सीमा समस्या ढिलोचाँडो समाधान हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “भारतको सद्भावना भ्रमणका क्रममा प्रधानमन्त्री शेबरहादुर देउवाले नेपालले उठाउनुपर्ने विषय, चासो र चिन्ता […]

छिमेकसँगको सीमा मुद्दा दलहरुको राजनीतिक अस्त्रमा सिमित

काठमाडौं, २ माघ । नेपालको छिमेकी भारत र चीन दुवैसँग सीमा समस्या देखिएको छ । तीनतर्फ सीमा जोडिएको भारतसँग चीनको भन्दा बढी सीमा समस्या छन् । यी समस्या समाधान गर्न नेपालले ठोस कूटनीतिक पहल गर्ने भन्दा राजनीतिक दलहरुले राजनीतिक लाभ लिने गरी मात्र उठाइरहेको देखिन्छ । सीमाको विषयमा नेपालबाट फरक राजनीतिक दलले आफूलाई फरक तरिकाले […]

लिपुलेक लगायतका सीमा समस्या समाधान गर्ने सरकारको घोषणा

सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’उनले राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने बताए ।

सीमा समस्या समाधान प्रदेशले गर्न सक्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन । समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको …

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छः मुख्यमन्त्री भट्ट

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा सम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन्। बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए। ‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,’ उनले भने, ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै […]