पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई वर्ष चल्न पनि सक्छ र जुनसुकै बेला गिर्न पनि सक्छ । सरकारको समीकरण निकै कमजोर छ । सरकारले विश्वासको मत लिने बेलासम्म अंक गणित कुन रूपमा रहन्छ, अहिले भन्न सक्ने अवस्था छैन । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले अप्ठ्यारोमा पार्ने कसरत थालिसकेको छ ।