कांग्रेस माओवादी गठबन्धनले पहिलो चरणको सरकार पुरा गरी दोस्रो चरणमा प्रवेश गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलो चरणको सरकार चलाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको डेढ महिना भयो । राजनीतिक सिद्धान्तका हिसाबले फरक धारमा उभिएका यी दुई पार्टीको गठबन्धन यति कसिलो छ कि हालसम्म कुनै शंका गर्ने ठाउँ रहेको छैन ।